माधव र झलनाथबिच एकअर्काविरुद्ध सार्वजनिक रुपमा आरोप नलगाउने सहमति

लोकपथ
756
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच एकअर्काविरुद्ध सार्वजनिक आक्षेप नलगाउने सहमति भएको छ । 

सोमबार केन्द्रीय कार्यालय आलोकनगरमा वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे र घनश्याम भुसालको उपस्थितिमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

अघिल्ला दिनमा आपसी आरोप–प्रत्यारोप चर्किएपछि नेताहरूको मध्यस्थतामा दुवै पक्षले पार्टीको बैठकमै कुरा राख्ने र अन्तर्वार्तामार्फत प्रतिक्रिया नदिने सहमति गरेका हुन् । 

३० साउनमा बस्ने सचिवालय बैठकमा खनालले उठाएको पतञ्जली जग्गा हिनामिना प्रकरणलगायत विषयमा छलफल हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?