बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

लोकपथ
504
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज (मंगलबार) विश्वासको मत लिने भएका छन् । दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्री बानियाँ विश्वासको मत लिन लागेका हुन् ।

साउन २० गते एमाले-कांग्रेस गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका बानियाँलाई संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ।

प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेपाल मजदूर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?