काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैंगिक संवेदनशीलताको मुद्दा कुनै एक राजनीतिक दलको मात्रै नभई समग्र समाजको साझा जिम्मेवारी भएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले लैंगिक संवेदनशीलतालाई सामाजिक रुपान्तरणको महत्वपूर्ण पक्षका रूपमा लिँदै सबै क्षेत्रको सहकार्य आवश्यक हुने बताए ।
‘यो विषयमा सबै संवेदनशील बन्न सके मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण सम्भव हुन्छ,’ देउवाले भने । उनका अनुसार लोकतान्त्रिक समाजवादसँग आवद्ध दल, राजनीतिज्ञ र सामाजिक आन्दोलनबीचको समन्वयले प्रभावशाली वैकल्पिक राजनीतिक धार निर्माण गर्न सकिन्छ ।
देउवाले लैंगिक संवेदनशीलतासम्बन्धी सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया