काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा विद्युत् व्यापारबाट नेपाललाई साढे चार अर्ब रुपैयाँ फाइदा भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, नेपालले यस वर्ष आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेशमा निर्यात गरेको सफलता हासिल गरेको उल्लेख गरे ।
उनका अनुसार सरकारले विद्युत् आयातको परिमाण घटाउँदै लगिरहेको छ। ‘हामीले यस वर्ष साढे चार अर्ब फाइदा गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ, ‘ प्रधानमन्त्री ओलीले भने ।
विगतमा आम उपभोक्तामा लोडसेडिङ अन्त्य भए पनि उद्योग क्षेत्रमा विद्युत् आपूर्ति रोकिँदै आएको स्मरण गर्दै उनले अब उद्योगमा समेत बिजुली आपूर्ति बढाइएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया