रास्वपाको केन्द्रीय समिति बैठक आज, १३ एजेण्डामा हुनेछ छलफल

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

सो बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ ।

पार्टीका प्रवक्ता मनिष झाकाअनुसार यस बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुनेछ । बैठकमा पूर्व केन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेवारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा छलफल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?