…अनि भयो शिक्षा समितिमा श्यामकुमार घिमिरे र सुमना श्रेष्ठको चर्काचर्की

लोकपथ
994
Shares

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठबीच चर्काचर्की भएको छ ।

विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयले गरिब तथा विपन्न विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउने विषयमा छलफल चलिरहँदा प्रमुख सचेतक घिमिरे र सांसद श्रेष्ठबिच चर्काचर्की भएको हो ।

सांसद श्रेष्ठले विद्यालय शिक्षा उपसमितिको प्रतिवेदन कसले रोक्यो ? भनेर प्रश्न गरेपछि प्रमुख सचेतक घिमिरेले प्रतिवाद गरे ।

सांसद श्रेष्ठले निजी विद्यालयलाई अनुदान दिन नहुने तथा विद्यालयले गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई आवाससहितको पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रस्ताव राखिन् ।

घिमिरेले निजी विद्यालयले आवासको व्यवस्था गर्ने व्यवस्था कानूनमा राख्न नहुने धारणा राखिन् ।

उनले संसारका धेरे जस्तो देशहरुमा निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुलाई अनुदान दिने गरेको उल्लेख गर्दै अनुदान दिनसक्ने व्यवस्था गर्न प्रस्ताव गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?