भदौको दोस्रो साताबाट पुनः आन्दोलनमा जाने शिक्षक महासंघको निर्णय

लोकपथ
357
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघ पुनः आन्दोलनमा होमिने भएको छ ।

भदौको दोस्रो साताको प्रारम्भबाटै आफूहरु विभिन्न मागसहित सडक आन्दोलनमा जान लागेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

बिहीबार सो विषयमा छलफलका लागि बैठक बसेको थियो । उक्त बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले आफूहरु पुनः आन्दोलनमा जान लागेको जानकारी गराए ।

सुवेदीका अनुसार शिक्षा विधेयक पारित गर्न अविलम्ब गरे र शिक्षक महासंघसँग विगतमा भएका सहमतिलाई लत्याउने काम भएको खण्डमा महासंघ आन्दोलनमा जाने निर्णय भएको हो ।

त्यस्तै महासंघले आगामी भदौ ३ र ४ गते महासंघको राष्ट्रिय समितिको पूर्ण बैठक समेत बोलाइएको छ । उक्त बैठकमा आन्दोलनको मोडालिटी तयार गर्नेछ ।

साथै यसबिचमा महासंघको आन्दोलन परिचालन समितिले आन्दोलनका विभिन्न ऐजन्डा प्रस्ताव गर्ने उपयुक्त प्रस्ताव अनुसार राष्ट्रिय समितिले आन्दोलनको मोडालिटी तय गर्नेछ ।

शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित यसअघि नै शिक्षक महासंघको अगुवाइमा शिक्षकहरुले लामो आन्दोलन गरे । तर सरकारले शिक्षा ऐन जारी गर्ने सहमतिसहित शिक्षकहरुले आन्दोलन रोकेका थिए । तर विधेयक पारित गर्न ढिलाइ भएपछि पुनः आन्दोलन गर्ने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?