काठमाडौं । गीतकार डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ को ‘उडी जाउँ भन्छ मन’ सार्वजनिक भएको छ ।
बुधबार डा. शम्भु कट्टेल नामक युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत दर्शकले समेत रुचाएका छन् ।
उक्त गीतमा चर्चित गायिका मेलिना राईले स्वर दिएकी छिन् । त्यस्तै चर्चित संगीतकार वसन्त सापकोटाले संगीत भरेका छन् भने रोशनी ढकालले अभिनय हेर्न सकिन्छ ।
उक्त गीतको सबै छायाँकन सुन्दरनगरी कीर्तिपुरमा गरिएको हो । कीर्तिपुरका विभिन्न ठाउँमा छायाँकन गरिएको उक्त म्युजिक भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् ।
गीतका सबै भिडियो उत्सव दाहालले क्यामेरामा कैद गरेका हुन् भने विकास दाहालले त्यसलाई सम्पादन गरेका हुन् ।
उक्त गीत विशुद्ध प्रेमकथामा आधारित रहेको छ । प्रेमीबाट धोका पाएकी प्रेमिकाले बोल्ने भाकालाई हेदाङ्गेले शब्दमार्फत् व्यक्त गराएका हुन् ।
त्यसो त यसअघि पनि हेदाङ्गेले थुप्रै चर्चित गीतहरु बजारमा ल्याइसकेका छन् ।
हेदाङ्गेले उक्त गीत हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया