काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलाको १ लाख ९८ हजार ४०० रुपैयाँमै स्थिर रहेको छ, जुन मूल्य बुधबार पनि कायम थियो ।
तर, चाँदीको मूल्य भने १० रुपैयाँले वृद्धि भएको छ। बुधबार तोलाको २ हजार ३०५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया