काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेकका दलसँग बैठक बसेका छन् ।
माओवादी केन्द्रको संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बुधबारदेखि बैठक जारी छ ।
प्रचण्ड सचिवालयका अनुसार, बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ सम्बन्धी विषयमा छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया