स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव, सांसद बस्नेतको सरकारलाई ध्यानाकर्षण

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावका कारण नागरिकले आधारभूत उपचार सेवा पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले स्वास्थ्य चौकी र जिल्ला अस्पतालहरूमा चिकित्सक अभाव हुँदा जनताले उपचार सुविधा नपाएको बताए । उनका अनुसार दरबन्दी भएका अस्पतालहरूमा समेत जनशक्ति आपूर्ति हुन सकेको छैन ।

बस्नेतले धेरै स्थानीय तहका आधारभूत अस्पतालहरूमा ओएनएम (Organizational and Management Survey) नभएकाले दरबन्दी सिर्जना गर्नै नसकेको समस्या औँल्याए । उनले तीन तहका सरकारबीच समन्वय गरी स्वास्थ्यकर्मी पदपूर्ति गरी नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आग्रह गरे ।

उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी यथाशीघ्र ओएनएम गरी पदपूर्ति प्रक्रिया अघि बढाइयोस् र दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरियोस् ।’

सांसद बस्नेतले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई आकर्षित गर्न र टिकाइ राख्न विशेष प्रोत्साहन प्याकेज आवश्यक रहेको समेत जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?