सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

लोकपथ
63
Shares

सिराहा । सिराहाको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीले नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेहरू भारतको विहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ निवासी ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डल हुन् । उनीहरू मंगलबार अपराह्न एकै मोटरसाइकलमा सवार रहेका बेला नियमित जाँचका क्रममा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीको नेतृत्वमा खटिएको टोलीले शंका लागेर मोटरसाइकल रोकेर तलासी गर्दा लुकाइछिपाइ राखिएको नलकटुवा पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई मिर्चैया प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।

उनका अनुसार, आजै उनीहरूलाई सिरहा जिल्ला अदालतमा उपस्थित गराई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?