कक्षा १२ को परीक्षामा ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ग्रेड वृद्धि परीक्षा कहिले ?

लोकपथ
1.7k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको छ ।

बोर्डले सोमबार अपरान्ह प्रकाशन गरेको नतिजा अनुसार यस वर्ष कुल ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

त्यस्तै परीक्षामा सहभागि भएकामध्ये ३८ दशमलव ८३ प्रतिशत विद्यार्थी ननग्रेड भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यो वर्ष १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार थिए ।

त्यस्तै बोर्डले ग्रेड वृद्धि परीक्षाको मिति समेत तोकेको छ । जसअनुसार ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?