काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पार्टीका सबैखाले एजेण्डाहरुमाथि छलफल भएको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सबैखाले एजेण्डाहरुमा पार्टीमा बृहत छलफल भएको बताए । उनले राजनीतिक, सांगठनिक सबैखाले विषयहरुमा छलफल भएको बताए ।
उनले भने, ‘सबै एजेण्डाहरुमा पार्टीमा गम्भीर छलफल भयो । वैचारिक, राजनीतिक सांगठनिक, विधि सबैमा छलफल भए । छलफलको उच्च निष्कर्ष निस्किएको छ ।’
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले तराई मधेसमा देखिएको पानीको संकटप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया