विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने माओवादीको निर्णय

लोकपथ
1.9k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग एकता गर्ने सहमति गरेको छ ।

पार्टीको स्थायी कमिटी बैठक समापनपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले सो कुरा बताएका हुन् ।

उनका अनुसार अब वार्ता टोली बनाएर एकताका लागि छलफल थाल्ने निर्णय भएको हो ।

‘विप्लव नेतृत्वको नेकपासँग् एकता गर्ने सहमति भएको छ । वार्ता टोली बनाएर छलफल थाल्नेछौँ,’ सापकोटाले भने ।

त्यस्तै उच्चपदस्थ कर्मचारीदेखि नेताहरुसँगको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन पहल गर्ने निर्णय समेत माओवादीले गरेको छ । साथै सरकार भ्रष्टाचारमा लिप्त भएको निष्कर्ष निकाल्दै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको समेत प्रवक्ता सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?