माओवादीमा पूर्वउपराष्ट्रपति पुनलाई छैटौँ वरीयता

लोकपथ
1.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) को वरीयता तोकेको छ । उपाध्यक्षमा मनोनीत गरिएको लामो समयपछि उनलाई छैटौँ वरीयता दिइएको हो ।  

माओवादीको स्थायी कमिटी बैठक चलिरहेका बेला पुनलाई छैटौँ वरीयता दिएर पार्टीको वेबसाइटमा राखिएको छ । 

माओवादीमा पहिलो वरियतामा अध्यक्ष प्रचण्ड, त्यसपछि क्रमशः वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्नि सापकोटा र पम्फा भुसाल रहेका छन् । भुसालपछि पुनको वरियता कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?