सप्तकोशी नदीमा पानीको बहाव उच्च, ५६ मध्ये २३ ढोका खुलाइयो

लोकपथ
112
Shares

काठमाडौं । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो । 

आज  बिहान गरिएको मापनमा कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६ सय ८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उनले जानकारी दिए ।  कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको संकेतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ ।

सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?