प्रधानमन्त्री ओलीको दाबी : ‘०४८ सालको चुनाव १ सय ८० रुपैयाँमै जितेको थिएँ’

लोकपथ
1.3k
Shares
फाइल तस्बिर

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचन लड्ने क्रममा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन् ।

आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले ०४८ सालमा पहिलो पटक झापाबाट निर्वाचन लड्दा पार्टीले दिएको दुई सय रुपैयाँमै चुनाव सम्पन्न गरेको स्मरण गरे । ‘त्यो दुई सय रुपैयाँमध्ये अझै बीस रुपैयाँ बाँकी थियो, ‘उनले भने।

कार्यक्रमका अन्य सहभागीहरूले नेपालको निर्वाचन प्रणाली दिनदिनै महँगो बन्दै गएको, कालोधन सेतो बनाउने माध्यमका रूपमा चुनाव प्रयोग भइरहेको भन्ने जस्ता धारणा राखेका थिए । तर, ती भनाइप्रति असहमति जनाउँदै प्रधानमन्त्री ओलीले आफू व्यक्तिगत रूपमा कहिल्यै निर्वाचनमा गलत अभ्यासमा संलग्न नभएको स्पष्ट पारे ।

उनको भनाइमा वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक भए पनि व्यक्तिगत चरित्र र आचरणका विषयमा सामान्यीकरण गर्नु अनुचित हुने बताए । कार्यक्रममा राजनीतिक, सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?