प्रधानमन्त्री ओलीको दाबी : ‘८३ मंसिरमा नेपाल विकासशील राष्ट्र बन्छ’

लोकपथ
343
Shares

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अर्को मंसिर ८३ मा विकासशील राष्ट्रमा स्तरोन्नति हुने दाबी गरेका छन् ।

बागमती प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा तथा ‘बागमती डिजिटल हेल्थ’ शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र आधुनिक बनाउने लक्ष्यमा आफूहरू अगाडि बढिरहेको बताए ।

‘हामी जहाँ सुशासन र स्वच्छता छ, त्यस्तो देश बनाउने चाहना राख्छौँ,‘प्रधानमन्त्री ओलीले भने, ‘जनतालाई सुखी बनाउनु हाम्रो प्रमुख उद्देश्य हो र योभन्दा पवित्र उद्देश्य अरू हुन सक्दैन ।’

उनले नेपाल अब अल्पविकसित राष्ट्रको सूचीबाट बाहिरिने बताए । ‘आउँदो होइन, अर्को मंसिरमा नेपाल विकासशील राष्ट्र बन्नेछ,‘प्रधानमन्त्रीको भनाइ थियो, ‘८३ मंसिरमा हामी विकासशील राष्ट्रमा प्रवेश गर्छौँ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिको प्रयोगमार्फत स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै समावेशी र पहुँचयुक्त सेवा सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?