हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नव निर्वाचित नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
शुक्रबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बानियाँले लामाले संसदीय दलको विश्वास गुमाइसकेको दाबी गर्दै अब उनी नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।
‘उनले दलको नेताबाट विश्वास गुमाइसक्नुभएको छ, त्यसैले अब हठ नअपनाई पदबाट राजीनामा दिनु उपयुक्त हुन्छ, ‘बानियाँले स्पष्ट पार्दै भने, ‘यो व्यक्तिगत मनमुटाव होइन, राजनीतिक नैतिकताको कुरा हो।’
उनले आफू र मुख्यमन्त्री लामाबिच व्यक्तिगत रूपमा कुनै मनमुटाव नरहेकोसमेत बताए।
संसदीय दलको आन्तरिक निर्वाचनमा बानियाँले लामालाई पराजित गरेका थिए । त्यसपछि बागमती प्रदेशको सत्ता समीकरणमा फेरबदल हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया