काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ताको मिति निर्धारण गरेको छ ।आयोगले साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद निर्धारण गरेको हो ।
आयोगले आज प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८१ को तयारी स्वरूप निर्वाचन आयोग, नेपालले नेपालको संविधानको धारा २७१ बमोजिम राजनीतिक दल दर्ता सम्बन्धी सूचना जारी गरेको हो ।
आयोगले इच्छुक राजनीतिक दललाई तोकिएको समयभित्र आवश्यक कागजातसहित दल दर्ता गर्न आह्वान गरेको हो ।
आयोगका अनुसार, साउन १७ गतेसम्म उपनिर्वाचन हुने सम्भावित जिल्ला र क्षेत्रहरूको आधारमा दल दर्ताको लागि निवेदन दिने म्याद तोकिएको छ । दलहरूले आयोगको वेबसाइट www.election.gov.np बाट फाराम डाउनलोड गर्न वा आयोगको सचिवालयबाट प्राप्त गर्न सक्नेछन् ।
दल दर्ता गर्नुपर्ने दलहरूले निम्न कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ:
- दलको नाम, स्थापना मिति, दर्ता मिति, मुख्य तथा प्रचार/जिल्ला कार्यालय ठेगाना
- संगठन संरचना, जिम्मेवार पदाधिकारीहरूको विवरण
- आर्थिक विवरणसहित लेखापरिक्षण प्रतिवेदन (पछिल्ला दुई आर्थिक वर्षको)
- उम्मेदवार मनोनयनका लागि पार्टीको निर्णय पत्र
- केन्द्रीय समिति सदस्यहरूको नाम, पद र सम्पर्क विवरण
- दलको संविधान र विधान
यसबाहेक, आयोगले प्रमुख पदाधिकारीको दस्तखतसहित दलको तर्फबाट अधिकृत अधिकारीको प्रमाणिकरण पत्र पनि अनिवार्य बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया