काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनताका कुरा सुन्न प्रत्येक शुक्रबारको समय निर्धारण गरेको छ ।
रास्वपाले ‘खुल्ला आँगन’ सत्र नै चलाएर जनताका कुरा सुन्ने भएको हो । त्यसका लागि प्रत्येक शुक्रबार अपरान्ह ४ बजेबाट ६ः३० अर्थात् साढे ६ बजेसम्म जनताका कुरा सुन्नका लागि छुट्टयाइएको रास्वपाका प्रवक्ता मनिष झाले लोकपथलाई जानकारी दिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मुल ध्येय जनतामाझ पुग्ने, उनीहरुको आवाज सुन्ने, उत्तरदायी बन्ने र सहभागितामूलक लोकतन्त्रलाई संस्थागत गर्ने हो । देश र आम नागरिकबिचको संवाद कमजोर हुँदै गएको वर्तमान राजनीतिक परिप्रेक्षमा खुल्ला आँगन मार्फत एक फरक अभ्यासको थालनी गर्दैछ । यो साप्ताहिक रुपमा हरेक शुक्रबार आयोजना हुनेछ,’ रास्वपाले भनेको छ ।
भौतिक रुपमा उपस्थितिसहित फेसबुक लगायत विभिन्न माध्यमबाट समेत प्रत्येक्ष प्रशारण गर्ने तयारीमा रास्वपा रहेको छ ।
जसमा ४ देखि ६ जना केन्द्रीय नेता, ५ देखि ७ जना विभागीय प्रतिनिधिहरु, पार्टी सदस्य, शुभचिन्तक, आम नागरिक एवं मिडिया प्रतिनिधिहरुको समेत सहभागिता रहनेछ ।
रास्वपाले विभिन्न उदेश्य पूरा गर्नका लागि त्यो सत्र चलाउन लागेको जनाएको छ । प्रत्येक्ष जनसम्पर्क र पार्टी नेतृत्वसँग खुला संवाद, नागरिकको आवाज सुन्ने प्लेटफर्म, नीति निर्माणमा नागरिक संलग्नता बढाउने, सुझाव, आलोचना र समाधानप्रतिको जिम्मेवारी लिने अभ्यासको सुरुवात गर्ने लगायतका उदेश्य रहेको रास्वाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया