काठमाडौं । नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभ मुहूर्त सम्पन्न भएको छ । बिहीबार काठमाडौंको धन्वन्तरि बाराही मन्दिर, ज्वागलमा सिनेमाको शुभ मुहूर्त गरिएको हो ।
पशुपति शिवजी इन्टरटेनमेण्ट प्रालिद्वारा प्रस्तुत सिनेमाको निर्देशन हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)लेगर्न लगेका हुन । सुशिल कडरियाले निर्माण गर्ने यो फिल्मको कथा कुमार व्यञ्जनकारको रहेको छ । गीतकारमा गणेश कार्की छन् ।
त्यस्तै कलाकारहरुमा रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियना आचार्य लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
चलचित्रमा कथा कुमार बेन्जन्कारको रहेको छ भने पटकथा गणेश कार्कीको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया