बागमती प्रदेशका तीन नवनियुक्त मन्त्रीको आज शपथ ग्रहण

लोकपथ
567
Shares
फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेश सरकारका तीन नवनियुक्त मन्त्रीहरुको आज शपथ ग्रहण हुँदैछ । दिउँसो १ बजे प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा कांग्रेसका नवनियुक्त ३ मन्त्रीको शपथ ग्रहण कार्यक्रम हुने भएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरुको शपथग्रहण विहीबार मात्र हुन लागेको हो ।

संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?