काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते बिहीबार विश्वासको मत लिने भएका छन् ।
सरकारमा सामेल नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाहले पुनः विश्वासको मत लिन लागेका हुन् ।
सो विषयमा छलफलका लागि आज सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको थियो । आज बसेको बैठकले आगामी बिहीबार विश्वासको मत लिने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेश ५३ सदस्यीय रहेको छ । विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ । नेपाली कांग्रेससँग १८ र नेकपा एमालेसँग ११ सांसद रहेको हुँदा सहजै विश्वासको मत प्राप्त हुने देखिन्छ । साथै दुवै दलले सांसदहरुले विश्वासको मत नलिइ धनगढी नछाड्न भनेका छन् ।
मुख्यमन्त्री शाहले नाउपाबाट वनमन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिडिएको थियो । आर्थिक लेनदेखमा मुछिएको भन्दै मुख्यमन्त्री शाहले उनलाई राजीनामा दिन भनेका थिए, तर उनले राजीनामा दिन नमानेपछि बर्खास्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया