काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधीले नेपालका कम्युनिष्ट पार्टीहरू संघीयता र लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको कार्यान्वयनका क्रममा देखिएका चुनौती समाधान गर्न संशोधन आवश्यक भएको तर्क गरे ।
‘संविधान जारी भएपछि हामीले जनतालाई गरेका वाचा पुरा गर्नु जरुरी छ। संविधान संशोधन पनि त्यसैअनुरूपको आवश्यकता हो, ‘निधीले भने । उनले नेपाली कांग्रेस मात्रै यस्तो काम गर्न तयार रहेको उल्लेख गर्दै कम्युनिष्ट पार्टीहरू संघीयता र लोकतन्त्रप्रति गम्भीर नभएको आरोप लगाए ।
‘कम्युनिष्टहरूले संघीयता र लोकतन्त्रमा विश्वास गर्दैनन् । उनीहरूको प्राथमिकतामा नै छैन । त्यसैले दुई तिहाइ समर्थनको बहस गर्नुको अर्थ छैन । २०८७ सालमा बहुमत पुग्ला भन्नुहुन्छ, होला त्यो बेला, ‘उनले टिप्पणी गरे ।
निधीले नेपाली कांग्रेसले अघि सारेको शासन प्रणाली नै उत्तम रहेको उल्लेख गर्दै त्यसलाई अझ उन्नत बनाउँदै लैजानुपर्नेमा जोड दिए । साथै, संघीयतालाई बलियो बनाउन दलहरू गम्भीरतापूर्वक लाग्नुपर्ने धारणा पनि व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया