विद्यादेवीको चेतावनी– ‘एमालेको अपरिपक्क निर्णयले पार्टीलाई क्षति पुग्छ’

लोकपथ
1.8k
Shares

काठमाडौं । एमालेको राजनीतिमा सक्रिय रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको हालैको निर्णयले आफूलाई दुखी तुल्याएको गुनासो गरेकी छन् ।

आज काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले आफ्नो सदस्यता समेत नविकरण गर्न नदिएर एमालेले आफ्नो मूल्य मान्यता भुलेको आरोप लगाइन् ।

साथै राजनीतिमा सक्रिय हुन पाउने आफ्नो संवैधानिक र कानुनी अधिकारलाई समेत एमालेले खोसेको उनको आरोप रहेको छ ।

हालैको बैठकबाट भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने निर्णय एमालेले गरेको थियो । उक्त निर्णयलाई अपरिपक्क भन्दै भण्डारीले पार्टीको साख र प्रतिष्ठा गिरेको समेत बताइन् ।

‘पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन नियन्त्रण हुने गरी गरिएका अपरिपक्क निर्णयले मलाई दुखी तुल्याएको छ । यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ,’ उनले भनिन् ।

त्यस्तै उनले आफ्नो पार्टी सदस्यता पहिल्यै नविकरण भइसके पनि अहिले आएर त्यसमा जालझेल गरिएको दाबी गरिन् । साथै आफूले यसअघि नै एमाले अध्यक्ष केपी ओली र अन्य नेताहरुसँग आफू राजनीतिमा सक्रिय हुने र आफ्नो जिम्मेवारीबारे समेत जानकारी गराइसकेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?