मेरो पार्टी सदस्यता पहिल्यै नविकरण भइसक्यो, विवाद ल्याउन जरुरी छैन : विद्यादेवी भण्डारी

लोकपथ
1.8k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा आफ्नो पार्टी सदस्यता एक वर्ष अघि नै नविकरण भइसकेको दाबी गरेकी छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दैै सो कुरा बताएका हुन् ।

उनले आफू पार्टीमा सक्रिय हुने निर्णय गरेपछि एमालेका नेताहरुसँग पटकपटक त्यस विषयमा छलफल गरेको समेत बताइन् । साथै पार्टीमा आफ्नो स्थानबारे समेत छलफल भएको बताइन् ।

‘मेरो पार्टी सदस्यता नविकरण भइसकेकाले यसलाई विवादमा पार्नु पर्ने विषय नै होइन,’ उनले भनिन् । त्यस्तै आफूले पहिल्यै पार्टी सदस्यता नविकरण गरेको भए पनि त्यसलाई बाहिर ल्याउन नचाहेको दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?