काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक जारी छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा जारी बैठकमा पार्टीका शीर्ष नेतासहित सरकारमा सहभागी मन्त्रीहरू समेत उपस्थित छन् ।
बैठकमा हालको राजनीतिक परिस्थितिको मूल्याङ्कनसहित सरकारप्रतिको चर्किंदो असन्तुष्टि र पार्टीको आन्तरिक रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।
पार्टी स्रोतका अनुसार बैठकमा सरकारमा गएका कांग्रेस मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा, सत्तारूढ एमालेसँगको समन्वय तथा आगामी रणनीतिसम्बन्धी विषयमा पनि गम्भीर बहस भइरहेको छ ।
सरकारभित्रको निर्णय प्रक्रियामा कांग्रेसको भूमिका कमजोर भएको र पार्टीको धारणा अवमूल्यन भएको भन्दै केही नेताहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाइरहेका बेला देउवाले मन्त्रीहरूलाई समेत समेटेर पदाधिकारी बैठक आह्वान गरेका हुन् ।
बैठकपछि कांग्रेसको भावी रणनीति र सरकारमा सहभागिता सम्बन्धी निर्णय सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया