पूर्व राष्ट्रपति भण्डारीले आज किन गर्दैछिन् पत्रकार सम्मेलन ?

लोकपथ
889
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज (शुक्रबार) पहिलोपटक पत्रकार सम्मेलन गर्दैछिन् । राजधानीको कार्की बैंक्वेट, सुभेदारचोकमा दिउँसो ३ बजेका लागि सम्मेलन तय गरिएको छ ।

राष्ट्रपतिबाट अवकाश लिएपछि लामो समय सार्वजनिक रूपमा मौन रहेकी भण्डारीले पछिल्ला दिनमा सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने संकेत दिएकी थिइन् । तर, उनको पूर्व पार्टी नेकपा (एमाले)ले भने उनीसँगको सम्बन्ध औपचारिक रूपमा अन्त्य गरिसकेको छ ।

एमालेले गत मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकबाट भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै उनको सक्रियता रोक्ने निर्णय गरेको थियो। पार्टीको उक्त निर्णयपछि भण्डारीले कुनै प्रत्यक्ष प्रतिक्रिया दिएकी थिइनन् । त्यसैपछिको आजको पत्रकार सम्मेलनलाई निकै अर्थपूर्ण र रणनीतिक रूपमा हेरिएको छ ।

यसअघि राष्ट्रपतिको हैसियतमा लामो समयसम्म कार्यभार सम्हालेकी भण्डारी पूर्वरक्षामन्त्री तथा एमाले नेतृको रूपमा समेत परिचित रहिएकी थिइन् ।

अबको उनको राजनीतिक यात्रा कुन मोडतर्फ जान्छ भन्ने चासो आम जनमानसमा बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?