खडेरीले प्रभावित किसानसँग भेट गर्न प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

लोकपथ
280
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जान लागेको छन् । लामो समयदेखि वर्षा नभएका कारण खडेरीको चपेटामा परेका स्थानीय किसानहरूसँग भेटघाट गर्न प्रधानमन्त्री ओलीको आज त्यसतर्फ जान लागेका हुन् ।

आज बिहान सामाजिक फेसबुकमार्फत उनले यो जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु, तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौं र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?