काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउने प्रस्ताव गम्भिर बन्दै गएको बनाएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक पाण्डेले एमालेका प्रमुख सचेतककै नाममा संशोधन दर्ता हुनु गम्भीर विषय भएको टिप्पणी गरे ।
‘सांसदको आफ्नो अधिकार हुन्छ, संशोधन ल्याउन पाइन्छ,’ उनले भने, ‘तर प्रमुख सचेतकजस्तो दलको आधिकारिक व्यक्तिले यस्तो संशोधन ल्याउनुले यस विषयलाई गम्भीर बनाएको छ ।’ उनले दलको हैसियतमा संशोधन ल्याउने व्यक्ति स्पष्ट हुनुपर्ने बताए ।
पाण्डेले राष्ट्रिय सभामा सांसदहरूको संशोधन अधिकारलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै भने, ‘तर प्रमुख सचेतकको कदमले के दलको आधिकारिक धारणा हो भनेर प्रश्न उठ्ने अवस्था आएको छ ।’
त्यस्तै, पाण्डेले भूमिसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्ने प्रयास माओवादी केन्द्रले स्वीकार गर्न नसक्ने स्पष्ट पारे। ‘भूमिसम्बन्धी विधेयक जस्तो संवेदनशील विषयलाई छिटोछरितो पास गर्ने कुरा हामी मान्दैनौँ,’ उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया