जनार्दन शर्मालक्षित प्रचण्डको टिप्पणी : ‘म सँग सिंगौरी खेल्न मन लागे अझै खेल्नुस्’

लोकपथ
1.7k
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै अहिले सिंगौरी खेल्न दिइरहेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै दाहालले आफू फरक मतको विरोधी नभएको दाबी गर्दै शर्मालक्षित कटाक्ष गरेका हुन् । उनले पार्टीभित्र जनवादको अभ्यासस्वरूप आलोचना, फरक मत र छलफलको अवसरलाई खुला राखिएको बताए ।

उनले भने, ‘कसैलाई कारबाही गरिएको छैन, कसैलाई पार्टीबाट निकालिएको छैन ।’ पार्टीमा केही नेताहरुलाई जिम्मेवारी र स्थान नदिएको भन्ने आरोपसमेत निराधार रहेको उनको भनाइ थियो । उनले नेतृत्वले फरक मतको विरोध नगर्ने र त्यसलाई सुन्ने संस्कृतिको अभ्यास गर्दै आएको पनि उल्लेख गरे ।

शर्माको असहमति र आन्तरिक आलोचना सन्दर्भमा दाहालले कटाक्ष गर्दै भने, ‘अहिले पनि केही साथीहरूले सिंगौरी खेल्न पाउँदा हुन्थ्यो जस्तो गर्नुभएको छ, उहाँलाई प्रशस्त सिंगौरी खेल्न दिएको छु, सिंगौरी खेल्न मन लागे खेल्नुस् भनेको छु।’

उनले पछिल्लो डेढ महिनासम्म देशभर ‘परामर्श’ भन्दै आफूसँगै लिई हिँडेको पनि स्मरण गरे । कार्यक्रममा दाहालले दलाल पुँजीवाद र नोकरशाही पुँजीवादविरुद्ध संघर्ष चर्काउनुपर्ने धारणा राखे । साथै, आजैदेखि एउटै कम्युनिष्ट पार्टी बनाउने पहल सुरु गर्ने घोषणा पनि गरे । 

मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै शर्माले प्रचण्डको नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?