यी हुन् एमाले केन्द्रीय कमिटीबाट पारित ८ बुँदे प्रस्ताव (पूर्णपाठसहित)

लोकपथ
854
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबार र मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेर सम्पन्न भएको छ । दुई दिने बैठकले ७ वटा राजनीतिक तथा संगठनात्मक निर्णयसहित १ शोक प्रस्ताव पारित गर्दै बैठक टुंग्याएको हो ।

बैठकको एक महत्त्वपूर्ण निर्णय अनुसार, पार्टीकी पूर्वउपमहासचिव एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा पुनः सक्रिय गराउने विषयमा कुनै सम्भावना नरहेको निष्कर्ष निकालिएको छ । पार्टी सदस्यता नवीकरण र सक्रिय भूमिका लिन भण्डारी इच्छुक देखिए पनि एमालेले त्यसलाई अस्वीकार गरेको छ ।

पार्टीमा ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव विधान महाधिवेशनमा लैजाने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी, पार्टीले नेपाली कांग्रेससँग भएको सातबुँदे सहमति दृढताका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता दोहोर्‍याएको छ । साथै, गठबन्धन सरकारलाई थप प्रभावकारी बनाउन सत्तारूढ दलहरूसँग सहकार्यको आह्वान पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?