बीपीलाई बुझेको भए नेपालको राजसंस्था नागार्जुनको जंगलमा पुग्ने थिएन : विश्वप्रकाश शर्मा

लोकपथ
700
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् ।

४३औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा मंगलबार बीपी स्मृति अस्पताल, बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधारः विपी विचार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।

उनले ‘राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने बीपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको बताए । त्यसको परिणाम नेपालमा राजसंस्थाको समेत अन्त भएको उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?