काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
केहीबेरअघि ललितपुरस्थित च्यासलमा बैठक सुरु भएको हो ।
बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्नेछन् ।
साथै भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीमा केन्द्रित छलफल, पोलिटब्युरो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रश्तावलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नेछन् ।
त्यस्तै विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रश्ताको सन्दर्भमा महासचिव शंकर पोखरेलले वडा केन्द्रित अभियान, सदस्यता नविकरण, प्रतिगमनकारी क्रियाकलाप विरुद्धको जागरण अभियान र स्थानीय कमिटीहरुको अधिवेशन लगायतका बारेमा बैठकलाई जानकारी गराउनुहुने कार्यसूचि रहेको छ । केन्द्रीय कार्यालयको जिम्मा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने बताइएको छ । साथै समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय राजनीतिमा फर्काउने वा नफर्काउने भन्ने निर्णय पनि केन्द्रीय कमिटीले गर्ने बताइएको छ । बैठक सोमबार र मंगलबार गरी दुई दिन चल्नेछ ।
त्यस्तै आज सदस्यहरुलाई बोल्नका लागि ३ मिनेट समय छुट्टयाइएको छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया