काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हदको विषयमा दिएको तर्कबारे एमालेबाट निष्कासित नेता भीम रावलले व्यंग्य गरेका छन् ।
ओलीले ७० वर्षे उमेर हद लगाउने भए आफूले जेल बसेको समय घटाउनु पर्ने भनी दिएको प्रस्तावलाई लिएर एमालेका पूर्वउपाध्यक्षसमेत रहेका रावलले व्यंग्य गरेका हुन् । ओलीले ७० वर्षे उमेर हद लगाउने भए आफ्नो उमेरबाट आफूले जेलमा बसेको १४ वर्षको हिसाब गर्न नमिल्ने पार्टीको पोलिटब्युरो बैठकमा बताएका थिए ।
यसै विषयलाई लिएर रावलले काम नगरी सुतेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि भन्दै व्यंग्य गरेका हुन् ।
उनले राजनीतिमा आउनुअघि बाल्यकाल र बिरामी भई काम नगरेको समयावधिसमेत घटाउन व्यंग्यात्मक सुझाव दिएका छन् ।
‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा के.पी.बाट बैठकमा पेस भएछ, के.पी.को अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?,’ रावलले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया