काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालले अपनाएको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियालाई विश्वका लागि अनुकरणीय मोडेलको रूपमा प्रस्तुत गर्नुपर्ने बताएका छन् ।
आइतबार संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै बर्तौलाले नेपालको शान्ति प्रक्रियामा राजनीतिक दलहरूको साझा सहमति, पहल र प्रयास असाधारण रहेको बताए । उनले भने, ‘नेपालको द्वन्द्वलाई व्यवस्थापन गर्न र शान्ति प्रक्रियालाई अगाडि बढाउन दलहरूले खेलेको भूमिकाले हजारौं द्वन्द्वपीडितलाई न्याय र पीडकलाई कानूनी दायरामा ल्याउने सुनिश्चितता गरेको छ ।’
उनका अनुसार, सत्य निरूपण तथा मेलमिलाप आयोग (टिरआसी) सम्बन्धी विधेयक पारित भइसकेको र यसले द्वन्द्व पीडितलाई न्याय दिलाउने दिशामा थप मार्ग प्रशस्त गरेको छ ।
प्रमुख सचेतक बर्तौलाले नेपालले शान्तिपूर्ण ढंगबाट द्वन्द्व व्यवस्थापन गर्न सफल भएको अनुभवलाई अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘अहिले पनि धेरै देशहरू द्वन्द्व व्यवस्थापनका लागि संघर्ष गरिरहेका छन्, त्यस सन्दर्भमा नेपालले देखाएको बाटो महत्वपूर्ण उदाहरण हुन सक्छ ।’
बैठकमा उनले द्वन्द्व व्यवस्थापन तथा संक्रमणकालीन न्यायप्रतिको राष्ट्रिय प्रतिबद्धता र राजनीतिक इच्छाशक्तिको प्रशंसा गर्दै त्यसको अन्तरराष्ट्रिय मूल्याङ्कन हुनुपर्ने धारणा व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया