पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच दिउँसो भेटघाट हुँदै

लोकपथ
749
Shares
फाइल फोटो

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता हुने भएको छ । पार्टी मुख्यालय च्यासलमा दिउँसो ३ बजेका लागि भेटघाट तय भएको हाे ।

पछिल्लो समय सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको पार्टी सदस्यता नवीकरणबारे स्पष्टता नआएको र यसबारे एमाले भित्र बहस चर्किएपछि दुवैले छलफल गर्ने तय गरेका हुन् ।

ओलीले भण्डारीले आफूलाई सल्लाह नगरेको र सदस्यता नवीकरण भएको जानकारी नभएको बताएका थिए । आजको भेटले उत्पन्न अन्योलको अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?