रास्वपाको विवरण अद्यावधिक विषयमा छलफल गर्न आयोग पुगे महामन्त्री बुर्लाकोटी

लोकपथ
882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी निर्वाचन आयोग पुगेका छन् ।

महामन्त्री बुर्लाकोटी कानून व्यवसायीहरूसमेत लिएर पार्टीको संगठनात्मक विवरण अद्यावधिक प्रक्रिया अघि नबढेको विषयमा छलफल गर्न आयोग पुगेका हुन् ।

उनले आवश्यक कागजात पहिल्यै बुझाइसकिएको र अदालतबाट कुनै अन्तरिम आदेश नभएको स्पष्ट पारे ।

उनले पार्टीबाट निष्कासित डा. मुकुल ढकालले कारबाहीविरुद्ध मुद्दा दायर गरेका छन्, जुन हाल विचाराधीन छ । तर, आयोगले सोही मुद्दा देखाउँदै विवरण अद्यावधिक नगर्नु उचित नभएको बुर्लाकोटीको भनाइ छ ।

आयोगले अब के निर्णय लिन्छ भन्ने चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?