एमाले बैठकमा बहस : राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु गणतन्त्रमाथि खतरा !

लोकपथ
2.4k
Shares

काठमाडौं । नेकपा एमालेको नविकरण १५ प्रतिशतले वृद्धि भएको छ ।

शुक्रबारको पोलिटब्युरो बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले यसबारे बैठकलाई जानकारी गराएका हुन् ।

बैठकमा महासचिव पोखरेलले राखेको भनाइलाई उद्धृत गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संगठित सदस्यता नविकरण १५ प्रतिशतले बढेको बताए ।

उनकाअनुसार बाँकी तथ्यांक आउने क्रम रहेको र पार्टीको संगठनात्मक क्षेत्र बलियो भएको बताए ।

उनले भने, ‘नेकपा एमाले पोलिटब्युरोको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक शुरुवात गर्दै अहिलेको समसामयिक राजनीतिक परिस्थिति र मुलतः विधान अधिवेशनको तयारीका सम्बन्धमा उठेका प्रश्नको सम्बन्धमा, विधानका विषयलाई लिएर निर्माण गर्न खोजेका गलत भाष्यहरुको सन्दर्भमा बैठकलाई विस्तारपूर्वक जानकारी गराउनु भयो । अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकारका बारेमा भनाइ राख्नुभयो । विधान अधिवेशनको काम र विधि निर्माण गर्ने काम भएकाले पार्टीका नेताहरुलाई रचनात्मक र सकारात्मक ढंगले लाग्न निर्देशन गर्नुभयो । विधान संशोधन सम्बन्धी प्रश्ताव पार्टी उपाध्यक्ष विष्णु पौडेलले प्रश्तुत गर्नुभयो । प्रतिवेदनमा सचिवालयको बैठकले कतिपय विषयहरुलाई सचिवालयको प्रश्तावको रुपमा लिइएको छ । पार्टीमा तीन तहको लेयर बनाउने । केन्द्रिय सचिवालय र केन्द्रिय पदाधिकारीको लेयर हटाउने र १५ सदस्य पदाधिकारी, २५१ सदस्यीय केन्द्रिय कमिटी र त्यसको एक तिहाईको पोलिटब्युरो रहने गरी तीन तह निर्माण गर्ने प्रश्ताव गर्नुभयो । त्यस प्रश्ताव उपर स्थायी कमिटीका सदस्यहरुले आफ्नो राय प्रश्तुत गर्ने क्रम जारी छ । ८ जनाले राय राख्नुभएको छ । पार्टी सदस्यता सम्बन्धी, पार्टीको संगठित सदस्यता सम्बन्धी जुन व्यवस्था थियो, दुई खालका पार्टी सदस्यहरु प्रश्ताव गरिएको छ । एउटा पार्टीको संगठित सदस्यता, पार्टी सदस्यता रहेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नविकरण र उहाँले पार्टीमा सक्रिय हुने विषयले पनि प्रवेश पाएको छ । राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नेकुरा गम्भीर रहेको छ । यसमा पार्टीले उचित समयमा निर्णय गर्छ भन्ने कमिटीलाई अध्यक्षले जानकारी गराउनुभएको छ । ७० वर्षे र दुई कार्यकालको अवस्थालाई हटाएर विधानको व्यवस्था प्रस्तुत गरिएको छ । पार्टीका महासचिव शंकर पोखरेलले अहिलेको मुलुकमा भएको पार्टीको संगठित सदस्यता नविकरण हेर्दा १५ प्रतिशत नविकरण बढेको छ । त्यो तथ्यांक आउने क्रम जारी छ । पार्टीको संगठनात्मक क्षेत्र बलियो भएको छ ।’

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, समसामयिक विषयहरुमा बैठकलाई जानकारी गराएका छन् ।

आज ६ जना पोलिटब्यूरो सदस्यले आ–आफ्नो धारणा राखेका छन् । त्यस्तै आज बैठक नसकिएकाले भोलि बिहान ११ बजे पुनः बस्नेगरी बैठक स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?