राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई लिङ्देनले गरे पदमुक्त

लोकपथ
2.1k
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका छन् ।

अध्यक्ष लिङ्देनले शुक्रबार गिरीलाई उपाध्यक्षबाट पदमुक्त गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार गिरीले पार्टीको हित विपरित काम गरेकोले पदमुक्त गरिएको हो ।

‘उहाँले पार्टीको हित विपरितका गतिविधिहरु गर्नुभएकाले उहाँलाई पदमुक्त गरिएको हो,’ श्रेष्ठले लोकपथसँग भने ।

त्यसो त केही दिनअघि पार्टीका नेता नवराज सुवेदीसहित गिरी पनि अध्यक्ष लिङ्देनको निर्णयविरुद्ध निर्वाचन आयोगमा पुगेका थिए ।

अध्यक्ष लिङ्देनले सुवेदीलाई संगठन विभागको प्रमुखबाट हटाएपछि उनी आफू निकटका नेताहरुलाई लिएर निर्वाचन आयोग गएका हुन् । त्यसो त बिहीबार गिरीसहित महामन्त्रीद्वय धवलशमशेर राणा, कुन्ती शाही र अर्का उपाध्यक्ष विक्रम पाण्डेले लिङ्देनलाई नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्न भन्दै चेतावनी दिएका थिए ।

त्यसो त लिङ्देनले स्वच्छाचारी ढंगले पार्टी चलाएको भन्दै आलोचना हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?