काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । आज बिहान विद्या निवास, भंगाल पुगेर कोइरालाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका हुन् ।
भेटमा भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किएको बताउँदै कोइरालासँग सहयोगको अपेक्षा व्यक्त गरेकी छन् । ‘म अब सक्रिय राजनीतिमा फर्किएको छु, तपाईँको सहयोगको अपेक्षा राखेकी छु, ‘भण्डारीले भनिन् ।
कोइरालाले भने देशमा सुशासन नरहेको र आफू भ्रष्टाचारविरुद्ध संघर्षरत रहेको बताए । हालै उनले माओवादी अध्यक्ष प्रचण्डसँग पनि भेट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया