अडियो प्रकरणबारे मन्त्री अधिकारी : दोष अरुमाथि, आफू पानीमाथिको ओभानो !

लोकपथ
1.5k
Shares

काठमाडौं । केही दिनअघि निर्वतमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लेनदेनमा मुछिएको अडियो सार्वजनिक भयो ।

त्यही अडियोको कारण सामान्य प्रशासनमन्त्री गुप्ताले मंगलबार राजीनामा समेत बुझाउनुपर्यो । सार्वजनिक अडियोमा कर्मचारी सरुवादेखि भूमी आयोगको अध्यक्ष बनाउनेसम्मका प्रकरणहरु सुनिए । त्यसमा दुईमन्त्रीसहित पूर्व भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेका नाउपा अध्यक्ष श्रेष्ठ र एमाले निकट मानिने सुजन लामाबिच लेनदेनको कुराहरु बाहिरिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले राजीनामा दिए पनि अर्कामन्त्री अधिकारी भने आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरिरहेका छन् ।

अघिल्लो अडियोमा मन्त्री अधिकारीले पैसा खाएर काम नगरेको कुरा सुनिएको थियो । त्यसमा उनको भूमिका सहायक जस्तो सुनिए पनि बुधबार सार्वजनिक भएको अडियोमा भने उनी जिम्मेवार रहेको देखिन्छ ।

बिहीबार मन्त्री अधिकारीले आफूले मन्त्रालय सम्हालेदेखि एक वर्षको अवधिको उपलब्धीहरु सार्वजनिक गरे । उनले आफूले गरेका कामहरुको फेहरिस्त सुनाएपछि आफूमाथि लागेका आरोपबारे खण्डन गरे ।

उनले आफूले अनावश्यक काम गर्न नमान्दा अडियो प्रकरण बाहिर ल्याएर आफू र आफ्नो छोराको चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

साथै आफ्नो मन्त्रालय मातहतका कर्मचारीको सरुवा सामान्य प्रशासन मन्त्रालयले गरेको र त्यसमा आफूलाई दबाब दिँदा आफूले गर्न नमानेको दाबी गरे ।

‘निवेदन दिएको छैन, केही छैन उसै कर्मचारी भटाभट तानिदिने कुराले राम्रो गर्दैन भनेर मैले भनेको थिएँ, भन्ने गरेको थिएँ । उहाँहरुले (तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता) ले के के गर्नुभयो, म सारिदिन्छु भन्नुभयो होला त्यो कुरा मसँग केही पनि आएन,’ उनले भने ।

त्यस्तै उक्त सार्वजनिक अडियोमा सुनिएका व्यक्तिहरु आफू र मन्त्रालयसँग कुनै सरोकार राख्ने कुनै व्यक्तिहरु नै नभएको समेत उनको दाबी छ ।

सार्वजनिक अडियो अनुसार मन्त्री अधिकारीले काम गर्ने भन्दै ३२ लाख रुपैयाँ लिएको समेत दाबी गरिएको छ । तर मन्त्री अधिकारीले भने उक्त विषयमा आफू कहीँ कतै नसुनिएको र काम गर्दिन भनेपछि पुरानो कुरालाई अहिले ल्याएर सार्वजनिक गरेको बताए ।

‘यो चाँही शुद्ध चरित्र हत्या गर्ने प्रयास हो, कुनै त्यहाँ आफ्नो योजना पूरा गर्न खोजेका, आफ्नो अविष्ट पूरा गर्न खोजेका व्यक्तिहरुले आफ्नो अविष्ट पूरा भएन भन्ने हिसावले मालपोत अधिकृतलाई फिर्ता गराउनको निम्ति यहाँ आउका थिए, मैले हुन्न भनेँ आफ्नो अविष्ट पूरा हुन्न भनिसकेपछि यी कुराहरु बाहिर आए,’ मन्त्री अधिकारीले भने, ‘किनकी मालपोत अधिकृत पुस महिना अघि नै सारिएको छ अहिले अडियो आउँछ । यसले कुन नियतबाट अडियो ल्याइयो भन्ने प्रष्ट हुन्छ । मालपोत अधिकृत सरुवा भइसकेपछि जाने कुरो पनि भएन र मालपोत अधिकृत जाने कुरा पनि भएन ।’

त्यसो त पछिल्लो अडियो प्रकरणको मुख्य विषय भनेको कास्की मालपोत प्रमुख र कास्कीमा रहेका सार्वजनिक जग्गा हत्याउने प्रकरणसँग जोडिन्छ ।

पोखरा महानगरपालिका वडा नं १६ मा रहेको बाटुलेचौर (महेन्द्रगुफा जाने बाटो) मा रहेको लिचिघारीको १३५ रोपनी जग्गा हत्याउने प्रकरणमा ७८ लाख घुस डिल भएको अडियोले देखाउँछ ।

उक्त जग्गा दशकौँदेखि विवादमा रहेको छ, र अहिले आएर बिचौलिया त्यसमा छिर्दा घुस प्रकरण बाहिरिन पुगेको हो ।

त्यही लिचिघारीको जग्गा हत्याउन कास्कीको प्रमुख मालपोत अधिकृतको थमौतीमा मन्त्री गुप्तासँग ५३ लाखको घुस डिल भएको सार्वजनिक भयो ।

त्यसो त तत्कालीन कास्कीका मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीलाई ०८१ पुस २२ गते त्यहाँबाट सरुवा गरेर लमजुङ मालपोत पठाइएको थियो । उनको ठाउँमा चिरञ्जिवी पौडेल आएका थिए । तर पौडेलबाट उक्त काम गर्न नसक्ने देखेपछि बिचौलियाहरुले पुनः अधिकारीलाई नै मालपोत कास्कीको प्रमुखका लागि थमौती माग्दै आउने क्रममा सुजन लामासँग भेट भएको मन्त्री अधिकारीले बताएका छन् । साथै आफूले सरुवा भइसकेको कर्मचारीको थमौती गर्न नमिल्ने भनेपछि सो प्रकरण ल्याइएको दाबी गरे ।

साथै त्यसमा निवर्तमान मन्त्री गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ चलखेलमा लागेको समेत उनको आरोप छ ।

‘सुजन लामासँग मेरो भेट कहिले भयो भने, जुन उहाँहरुले यी कुराहरु उठाउनु भएको छ, ती सुजन लामालाई मैले चिन्दा पनि चिन्दिन, देख्दा पनि देखिन, कहाँ कोहो भन्ने थाहा पनि छैन । उसँग देखादेख पनि भएको थिएन, जब कर्मचारी सरुवा भइसकेपछि (रामचन्द्र अधिकारीको सरुवा) उहाँलाई थमाइदिनुपर्यो भनेर आउनुभएको थियो । मैले सरुवा भएको कर्मचारी थमौती हुँदैन भनेर प्रष्ट भनेँ । उहाँ अझै पनि गर्दिनुपर्यो भनेर भनिरहनुभएको थियो । कर्मचारीहरु नियमित प्रक्रियबाट जाने आउने गर्छन् मैले भनेपछि उहाँहरु जानुभयो । त्यसपछि अन्यत्र अन्यत्र अरु मन्त्रीहरु भएको ठाउँमा गएको भन्ने सुन्न आएको छ, तर मसँग त्यसपछि आएको छैन ।

मलाई के लाग्छ भने रामचन्द्रले उहाँहरुलाई केही काम गर्नुपर्यो भनेको हुनुपर्छ एक हिसावले । हामीलाई त कसले के गर्यो भन्ने कुरा थाहा हुँदैन नि, कि आएर भन्नुपर्यो । त्यतिबेलासम उहाँसँग भेट, कुरा र चिनजान पनि केही थिएन । आफ्नो काम पूरा नभएपछि यसरी जानुपर्छ भनेर आएको हो,’ उनले भने ।

अडियो प्रकरणबारे मन्त्री अधिकारीले भनेका छन् :

उक्त अडियोसँग संलग्न व्यक्तिहरु म र मन्त्रालयसँग सरोकार राख्ने व्यक्तिहरु हुन् कि होइनन् पहिचान राख्नुपर्यो पहिला । अहिलेसम्म यो अडियोमा आएका र भाषा व्यक्त गर्ने व्यक्तिहरु हामीसँग सरोकारवाला छैनन् । मेरो त्यहाँ शब्द छ कि छैन, मेरो त्यहाँ भनाइ छ कि छैन भन्ने कुरा प्रष्ट हुनुपर्यो । सञ्चारमाध्यममा आएका कुराहरुमा कतिपय कुराहरु जमिनसँग पनि जोडिएको र कतिपय सरुवाका कुराहरु पनि जोडिएको छ । कतिपय बाहिर पत्रपत्रिकामा आउने गर्छ । सरुवा गर्ने कुरो मन्त्रालयको नियमित प्रक्रियबाट पर्छ । कसैको उजुर आयो र विरोध आयो भने मन्त्रालयले तुरुन्तै पनि सार्छ र त्यो आएन भने नियमित प्रक्रियाबाट पनि जान्छ ।

त्यो अडियोमा मन्त्रीले भ्रष्टाचार गर्यो खायो भन्ने कुराहरु सुनिएको छ, अहिले मेरो छोरालाई पनि त्यहाँ जोड्ने काम भएको रहेछ । त्यति मात्रै नभएर जाँड खाएको मान्छेलाई भन कि भन मैले यस्तो पायो कि पाएन भन्ने कुराहरु समेत गरिएको छ । यो चाँही शुद्ध चरित्र हत्या गर्ने प्रयास हो, कुनै त्यहाँ आफ्नो योजना पूरा गर्न खोजेका, आफ्नो अविष्ट पूरा गर्न खोजेका व्यक्तिहरुले आफ्नो अविष्ट पूरा भएन भन्ने हिसावले मालपोत अधिकृतलाई फिर्ता गराउनको निम्ति यहाँ आउका थिए, मैले हुन्न भनेँ आफ्नो अविष्ट पूरा हुन्न भनिसकेपछि यी कुराहरु बाहिर आए । किनकी मालपोत अधिकृत पुस महिना अघि नै सारिएको छ अहिले अडियो आउँछ । यसले कुन नियतबाट अडियो ल्याइयो भन्ने प्रष्ट हुन्छ । मालपोत अधिकृत सरुवा भइसकेपछि जाने कुरो पनि भएन र मालपोत अधिकृत जाने कुरा पनि भएन ।

सुजन लामासँग मेरो भेट कहिले भयो भने, जुन उहाँहरुले यी कुराहरु उठाउनु भएको छ, ती सुजन लामालाई मैले चिन्दा पनि चिन्दिन, देख्दा पनि देखिन, कहाँ कोहो भन्ने थाहा पनि छैन । उसँग देखादेख पनि भएको थिएन, जब कर्मचारी सरुवा भइसकेपछि रामचन्द्र अधिकारीको सरुवा भइसकेपछि उहाँलाई थमाइदिनुपर्यो भनेर आउनुभएको थियो । मैले सरुवा भएको कर्मचारी थमौती हुँदैन भनेर प्रष्ट भनेँ । उहाँ अझै पनि गर्दिनुपर्यो भनेर भनिरहनुभएको थियो । कर्मचारीहरु नियमित प्रक्रियबाट जाने आउने गर्छन् मैले भनेपछि उहाँहरु जानुभयो । त्यसपछि अन्यत्र अन्यत्र अरु मन्त्रीहरु भएको ठाउँमा गएको भन्ने सुन्न आएको छ, तर मसँग त्यसपछि आएको छैन ।

मलाई के लाग्छ भने रामचन्द्रले उहाँहरुलाई केही काम गर्नुपर्यो भनेको हुनुपर्यो एक हिसावले । हामीलाई त कसले के गर्यो भन्ने कुरा थाहा हुँदैन नि, कि आएर भन्नुपर्यो । त्यतिबेलासम उहाँसँग भेट, कुरा र चिन्जान पनि केही थिएन । आफ्नो काम पूरा नभएपछि यसरी जानुपर्छ भनेर आएको हो । मैले पटकपटक उहाँहरुलाई के भन्ने गरेको थिएँ भने, हाम्रो मन्त्रालयका कर्मचारीहरु नसार्नुस् भनेको छु र कि हामीसँग अनुमति लिनुस् भनेको छु । निवेदन दिएको छैन, केही छैन उसै कर्मचारी भटाभट तानिदिने कुराले राम्रो गर्दैन भनेर मैले भनेको थिएँ, भन्ने गरेको थिएँ । उहाँहरुले –तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता) ले के के गर्नुभयो, म सारिदिन्छु भन्नुभयो होला त्यो कुरा मसँग केही पनि आएन ।

पूर्वमन्त्री (पूर्व सहकारीमन्त्री रञ्जिता श्रेष्ठ) ले कसरी आफ्नो इच्छा भएर बोल्नुभयो मसँग कुरा भएर बोल्नुभएको पनि होइन, मसँग आउनुभएको पनि छैन, मसँग यो गर्दे भन्नुभएको पनि छैन । उहाँले कुन अन्दाजमा गर्नुभयो होला भन्ने मलाई लाग्छ भने, मैले हाम्रा कर्मचारीहरु सार्दा तपाईँहरुले मलाई सोध्नुपर्छ, नसोधिकन गर्दा हामीलाई अप्ठेरो भयो भनेर भनेको थिएँ । तपाईँहरुले लेख्नुभयो बेमौसमी तरीकाले भूमी व्यवस्था मन्त्रालयले सरुवा गर्यो भनेर, खाली हुन्छ अनि कहीबाट तानेर त राख्नुपर्यो नि ! राख्दाखेरी बेमौसमी भन्ने कुरा आयो । त्यसकारण मैले उहाँलाई यसरी नगर्नुस् भन्थे । उहाँलाई के लाग्यो होला भने यसले मैले भन्दा गर्दैन होला भनेर अनि त्यो किसिमले कुरा गर्नुभयो कि होला जस्तो लाग्छ है मलाई चाँही ।

त्यसमा मेरो परिवारको समेत नाम जोडियो । मेरो छोराको पनि नाम जोडियो । न सुजन लामालाई उसले चिनेको, न भेटेको, न कुरा गरेको, उ चाँही म मन्त्री भइसकेपछि बाबालाई भेट्छु भनेर आएको यथार्थै हो, आएको बेलामा उ बुटलतिर पनि गयो, एकजना साथीसँग पोखरा पनि गएको, एकरात होटलमा बसेको कुरा पनि यथार्थ हो । तर होटलमा यीनिहरु कसैसँग पनि भेट भएको छैन ।

सचिवको कुरा पनि आएको छ । सचिवको कुरा त मैले पनि हिजो मात्रै अडियोमा सुन्दैछु । सचिवजीले मेरो घर भएको थिए भनेर कसैले भनेर सचिवजीले मेरो घर आएका थिए पनि भन्न आएनन् । म छानबिन गर्ने कुरामा ओपन नै छु । किनकी म संलग्नै छैन, चिनेकै छैन, बोलेकै छैन, कुरा गरेकै छैन । अनि कसैले मलाई आरोप लगाएर मात्रै हुन्छ ? भोलि अरुले मलाई अरु आरोप लगाउलान् अनि त्यसैलाई पत्याएर हिँड्न त भएन नि ! यहाँ को बस्न सक्छ, को हिँडडुल गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?