काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक आज केहीबेरअघि औपचारिक रूपमा सुरु भएको हो ।
बैठकमा आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनका तयारीका विषयमा औपचारिक छलफल सुरु गरिएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साउन २ र ५ गते हुने पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकको तयारीस्वरूप सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावहरू प्रस्तुत गरिने छन् । राजनीतिक प्रतिवेदन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने एमालेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया