काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनले राजनीतिमा नै तरंग पैदा भएको छ ।
गत असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको सदस्यता नविकरण गरेर पुनः राजनीतिमा आउने घोषणा गरेकी थिइन् । त्यसयता उनीप्रति सहानुभुती दिने र आलोचना गर्ने क्रम जारी छ ।
यसैबिच कांग्रेस नेतृ सुजाता कोइरालाले पूर्वराष्ट्रपति भण्डारीको निर्णयको स्वागत गरेकी छन् ।
भण्डारीसँगको पूरानो तस्बिर फेसबुकमा सार्वजनिक गर्दै कोइरालाले भण्डारीको उक्त निर्णयले सम्पूर्ण महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको बताएकी छन् ।
‘पूर्वराष्ट्रपति श्री विद्यादेवी भण्डारीजीको सक्रिय राजनितीमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमान्दार र उच्च राजनितिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ । उहाँलाई आगामी राजनीतिक यात्राको लागि हार्दिक शुभकामना,’ सुजाताले सामाजिक सञ्जालमा भनेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया