काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन यसैको मूल्य १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो ।
यो गिरावट पछिल्लो समयको उच्च मूल्यको तुलनामा झन् उल्लेख्य मानिन्छ । यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ प्रतितोलासम्म पुगेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन २ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला २ हजार २ सय ६० रुपैयाँमा झरेको छ ।
यसअघि सोमबार चाँदीको मूल्य हालसम्मकै उच्च २ हजार ३ सय १५ रुपैयाँ पुगेको थियो ।
सुनचाँदीको मूल्य घट्दा उपभोक्ताहरूलाई केही राहत मिल्ने अनुमान गरिएको छ, तर लगानीकर्ताहरूका लागि भने यो गिरावट चिन्ताजनक हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया