काठमाडौं । नेकपा (एमाले) का सांसद पदम गिरीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढेको बताएका छन् ।
उनले प्रतिनिधि सभाको मंगलबारको बैठकमा देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याएपछि पनि राजनीतिक दलहरूले अपेक्षित काम गर्न नसकेको स्पष्ट पारेका छन् ।
सांसद गिरीले राजनीतिक दलहरूले सुशासन कायम गर्ने विषयमा पर्याप्त उपलब्धि हासिल गर्न नसकेको उल्लेख गर्दै सिंगो संसदले यसबारे आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताए ।
उनले भने, ‘हामीले सुशासनको मामिलामा जस्तो काम गर्नुपथ्र्यो, त्यस्तो काम गर्न सकेका छैनौं, यो सत्य हो ।’
पदम गिरीले मुलुकमा भएका परिवर्तनहरूलाई जनताले चुनौति दिन थालेको बताउँदै, ‘देशमा विद्यमान राजनीतिक दलहरूले जिम्मेवारपूर्वक सोच्नुपर्छ,‘ भनेका छन् । जनतामा बढ्दो असन्तोष र आक्रोशलाई सम्बोधन गर्न समग्र प्रणालीको पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया