काठमाडौं । अभिनेता विजय बराल ‘उत्कृष्ट अभिनेता’ घोषित भएका छन् ।
चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार ०८२ अन्तर्गत बराल उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।
बोर्डले ‘पूर्णबहादुरको सारङ्गी’ मा गरेको अभिनयलाई लिएर बराललाई उत्कृष्ट अभिनेता घोषित गरेको हो । साथै उनले उत्कुष्ट अभिनेताको अवार्ड हात पारेका हुन् ।
त्यस्तै उत्कृष्ट अभिनेत्रीका रुपमा अभिनेत्री उपसना सिंहले ठकुरी घोषित भएकी छन् । उनले चलचित्र ‘खुश्मा’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी हुन् । त्यस्तै उत्कृष्ट निर्देशकको अवार्ड मीन भामले प्राप्त गरेका छन् ।
उनको चलचित्र ‘साम्बाला’ उत्कृष्ट चलचित्र घोषित भएको छ ।
त्यस्तै उत्कृष्ट लेखनतर्फको अवार्ड भने ‘छक्कापञ्जा’ बाट दीपकराज घिमिरेले प्राप्त गरेका छन् ।
त्यस्तै छायांकनतर्फको अवार्ड चलचित्र ‘पिताम्बर’ पाएको छ । त्यसको लागि पुरुषोत्तम प्रधानले प्राप्त गरेका छन् भने उत्कृष्ट सम्पादनको अवार्ड भरत रेग्मीले हात पारेका छन् । उनले चलचित्र ‘पूजार सार्की’ बाट उक्त अवार्ड पाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया