काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य भएको छ । आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्यमा तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो ।
आइतबार प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १ लाख ९३ हजार ३०० रुपैयाँमा पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । आइतबार प्रतितोला २ हजार २८५ रुपैयाँमा रहेको चाँदीको मूल्य सोमबार ३० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया